पेवेल र सजिलोको लाइसेन्स खारेज

पेवेल र सजिलोको लाइसेन्स खारेज

दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको लाइसेन्स रद्द गरेको हो ।

यी सेवा प्रदायक कम्पनीले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५, नियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधान उल्लंघन गरेकोले अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकको भनाइ छ ।

सूचनामा भनिएको छ, ‘उल्लेखित ऐनका विभिन्न प्रावधानहरुको उल्लंघन गरेको पाइएकोले यस बैंकको सञ्चालक समितिको मिति २०८२–०३–०५ गतेको निर्णयानुसार भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरुको अनुमतिपत्र खारेज गरिएको जानकारी गराइन्छ ।’​​​​​​​

पेवेल नेपाल प्रालिले २०७७ असोज ११ गते र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिले ०७७ चैत १७ गते भुक्तानी सेवा प्रदायकका रुपमा राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरेको थियो ।

टिप्पणीहरू