देउवाको मुद्दामा सुनुवाई जारी
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा बहस भइरहेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजालास नम्बर ३ मा तोकिएको पेशीसूचीको पाँचौ नम्बरमा रहेको मुद्दामा बहस भएको छ ।
संस्थापन पक्षले शुक्रबार निर्वाचन आयोगको निर्णय तत्कालको लागि कार्यान्वयन नगर्न/नगराउन अन्तिरम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो । यता, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले सर्वोच्चमा दायर भएको मुद्दा फिर्ता लिने सहमतिसहित संस्थापक्षसँग टिकटमा भागबण्डा गरेको चर्चा छ ।
टिप्पणीहरू