प्रचण्डको क्रान्तिकारी उद्घोष, पहिलेको ‘स्पेस’मा बाबुराम

प्रचण्डको क्रान्तिकारी उद्घोष, पहिलेको ‘स्पेस’मा बाबुराम

नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू एक सांसद पदका लागि मात्र रुकुम पूर्व नआएको स्पष्ट पारे। “म सहिद, बेपत्ता र घाइतेहरूको सपना पूरा गर्न यहाँ आएको हुँ,” उनले भने।

उता, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। २०७९ सालको निर्वाचनमा सो क्षेत्र प्रचण्डका लागि ‘स्पेस’ दिएका भट्टराई यसपटक भने आफैं उम्मेदवार बनेका हुन्।

टिप्पणीहरू