माधव नेपालकाे उम्मेदवारी राैतहट १ मा
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेद्वारी दर्ता गराएका छन् ।
०७९ को निर्वाचनमा नेपाल त्यहाँबाट ३३ हजार ५ सय २२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यतिबेला निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए । अहिले पनि गुप्ताले एमालेबाट उम्मेद्वारी दर्ता गरेपछि दुइ जनाबीच दाेस्राे पटक प्रतिस्पर्धा हुने तय भएकाे हाे ।
नेपाली कांग्रेसले भने त्यहाँ अनिलकुमार झालाई उम्मेद्वार बनाएको छ ।
टिप्पणीहरू