एमालेकी ‘जेन–जी म्याडम’लाई आपत्

एमालेकी ‘जेन–जी म्याडम’लाई आपत्

नेकपा (एमाले) ले ओखलढुंगामा लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाएपछि चुलिएको आन्तरिक विवादमा नयाँ मोड आएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा जेन जी पुस्ताको प्रतिनिधि भन्दै उठाइएकी ‘जेन–जी म्याडम’ राजनीतिक दबाबमा परेकी छन् ।

थापालाई उम्मेदवार बनाएपछि एमालेका पूर्व प्रदेश सभा सदस्य तथा स्थानीय नेता अम्बिरबाबु गुरुङ असन्तुष्ट बनेका थिए । एमाले छाडेका उनैलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उठाएको छ । 

यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो । यस घटनाक्रमपछि अस्मिता थापामाथि पार्टीभित्र र बाहिर दुवैतर्फबाट दबाब बढेको छ । ‘जेन–जी’ प्रतिनिधिको रूपमा चर्चा पाएकी थापाका लागि फागुन २१ गतेको चुनाव अवसरभन्दा ठूलो चुनौतीको रूपमा उभिएको बताइन्छ ।
 

टिप्पणीहरू