जुम्लामा एकातिर सबै ‘टेस्टेड’, अर्कातिर मनऋषि
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जुम्लामा रोचक प्रतिस्पर्धा हुने भएको छ । सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आगो ओकल्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ विनिता कठायत र राष्ट्रिय प्रजाततन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही आमनसामने हुन लागेका छन् ।
२०७९ को निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेकी कठायत पहिलोपल्ट प्रत्यक्षतर्फ चुनाव लड्न लागेकी हुन् । भने, शाही दोस्रो पटक प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । त्यतिबेला शाहीले कांग्रेससँग गठबन्धन गरेर २२ हजार ८ सय १९ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
यस पटक भने उनलाई जित निकाल्न सहज देखिँदैन । विवादास्पद अभिव्यक्ति दिएर समाजिक सञ्जालमा ट्रोल भइरहने कठायतको लागि पनि उत्तिकै चुनौती देखिन्छ । पछिल्लो समय ‘पैसा नहुने मान्छे राजनीतिमा नआए हुन्छ’ भन्ने अभिव्यक्तिको कारण उनको चर्को आलोचना भइरहेको छ ।
आगामी निर्वाचनको लागि कांग्रेसले त्यहाँ दिपबहादुर शाही, नेकपाले नरेश भण्डारी र प्रलोपाले मनऋषि धिताललाई उम्मेदवार बनाएका छन् । आज मनोनयन दर्ता गराएका प्रलोपाका उम्मेदवार धितालबोहक अरु सबै टेस्टेड नेता हुन् ।
टिप्पणीहरू