ओलीको चेतावनी : एमालेलाई जिस्काउँदा महँगो पर्ला नि ?
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आगो लगाउन खोज्ने तत्वहरूले नै जनतामाझ भ्रम फैलाउन खोजिरहेको आरोप लगाएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा उक्त धारणा राखेका हुन् ।
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको सरकारद्वारा संरक्षित दल भएको दाबी गर्दै भने, ‘केही समूह देशमा अस्थिरता सिर्जना गर्न सक्रिय छन् । अहिले देशमा आगो लगाउन खोज्नेहरू छन्। तिनैले जनतामा भ्रम छर्न खोजिरहेका छन् ।’
उनका अनुसार ती तत्वले नयाँ पुस्तामा भ्रम फैलाएकाले देश जोगाउन अनुभवी नेतृत्व आवश्यक छ । मुलुकलाई अस्थिरताबाट जोगाउन जनताले सचेत भएर मतदानमा निर्णय गर्नुपर्ने बताए ।
त्यसअघि रास्वपा र एमालेका केही युवाहरूबीच धकेलाधकेल भएको थियो । त्यसबारे उनले एमालेलाई नजिस्काउन र नबिच्काउनु आग्रह गरे । अन्यथा महँगो पर्ने चेतावनी दिएका छन् ।
टिप्पणीहरू