टासीलाई जसरी पनि संसदमा लैजाने राेडम्याप
जेनजी अभियन्ता टासी ल्हान्जोम लामाले प्रतिनिधिसभा सदस्यको लागि हुम्लाबाट मनोनयन दर्ता गराएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेकी हुन् ।
यसअघि समानुपातिक बन्दसूचीमा परेकी टासीको नाम पार्टीले हटाएपछि उनी असन्तुष्ट बनेकी थिइन् । फ्री तिब्बतीयनको लागि काम गर्दै आएको आरोप लागेपछि उनले ‘आफू त के, आफ्नो प्रेमीसमेत तिब्बतीयन नभएको’ स्पष्टीकरण दिएकी थिइन् । गत शुक्रबार रातभर घण्टीघरमा धर्ना दिएकी टासीले अन्ततः प्रत्यक्षतर्फको टिकट पाएकी हुन् ।
हुम्लामा नेपाली कांग्रेसले जयपति रोकायालाई उम्मेद्वार बनाएको छ । त्यहाँ अन्य उम्मेद्वारको तुलनामा टासी र रोकायालाई बलिया उम्मेद्वार मानिएको छ ।
टिप्पणीहरू