उता उम्मेदवारी, यता अख्तियारमा उजुरी
प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हालै राजीनामा दिएका काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
उक्त उजुरी सिन्धुलीका युवराज पौडेल सफलले दर्ता गरेका हुन्। पाण्डेले महानगर प्रहरी प्रमुख रहँदा झुठो विवरण पेश गरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरहको तलब, भत्ता र सुविधा लिएको पौडेलको आरोप छ।
महानगरपालिकाको २०८० असोज ३० गतेको कार्यपालिका बैठकले पाण्डेलाई ६ महिनाका लागि कायममुकायम (कामु) एसएसपीको जिम्मेवारी दिएको थियो। तर उजुरीअनुसार २०८१ वैशाख १ गतेदेखि २०८२ माघ ३ गतेसम्म उनले झुठो विवरण पेश गर्दै एसएसपी सरहको सुविधा लिएको उजुरीमा लेखिएको छ ।
पौडेलले तत्कालीन मेयर तथा झापा ५ बाट उम्मेदवारी दर्ता गरेका बालेन्द्र साह, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र नगर कार्यपालिका सदस्यहरूलाई पनि मतियार दाबी गर्दै उनीहरूविरुद्ध कारबाहीको माग गरिएको छ।
टिप्पणीहरू