चितवन १ मा नातेदार आमनेसामने

चितवन १ मा नातेदार आमनेसामने

नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेणु दाहालले प्रतिनिधिसभा सदस्यको लागि चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएकी छन् । उनले आज बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएकी हुन् । 

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सोविता गौतमलाई उम्मेद्वार बनाएको छ । ०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी गौतम आगामी निर्वाचनको लागि चितवन पुगेकी हुन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी दाहाल र नाताले बुहारी पर्ने गौतमलाई उक्त निर्वाचन क्षेत्रको बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

टिप्पणीहरू