एनसेल–भाटभटेनीको टी–२० धमाका, मर्चेन्डाइजमा २० प्रतिशतसम्म आकर्षक छुट
क्रिकेटप्रतिको बढ्दो क्रेजलाई थप रंगीन बनाउन एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष छुट अफर सार्वजनिक गरेका छन्।
अब नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ का मर्चेन्डाइज खरिद गर्दा क्रिकेट प्रेमीले २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
रु. २९९ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकले छुट कुपन प्राप्त गर्नेछन्, जुन भाटभटेनी अनलाइन स्टोरमार्फत प्रयोग गर्न सकिन्छ।
अफरअन्तर्गत नेपाली राष्ट्रिय टोलीको जर्सी, रेप्लिका जर्सी, ट्रयाकसुट तथा क्याप खरिद गर्न सकिनेछ।
एनसेल एप, देशभरका एनसेल पसल र सेन्टरमार्फत उपलब्ध यो अफरले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई विश्वकप उत्सवमा जोड्ने लक्ष्य लिएको छ।
अफर २०८२ चैत १७ गतेसम्म वा मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ।
टिप्पणीहरू