कुन मन्त्री कहाँबाट उम्मेदवार ?
युवा तथा खेलकुदमन्त्रीकाे जिम्मेवारबाट राजीनामा दिएका बब्लु गुप्ताले प्रतिनिधिसभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन् । उनले सिराह क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
गत कात्तिक ९ गते मन्त्री नियुक्त गुप्ताले हिजो बिहान प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका थिए । राजीनामापछि रास्वपाको चुनावी सभामा सहभागी भएका गुप्ता पछिल्लो समय नक्कली कार्यक्रमको लागि अमेरिका जान लागेको खबर बाहिरिएपछि विवादमा तानिएका थिए ।
यता, उर्जामन्त्री पदबाट राजीनमा दिएका कुलमान घिसिङले काडमाडौँ क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका छन् । उक्त निर्वाचन क्षेत्रमा घिसिङ र काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रहरी प्रमुख राजु पाण्डेलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । त्यस्तै सञ्चारमन्त्री पदबाट राजीनामा दिएका जगदिश खरेलले ललितपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान मात्र शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई त्यहाँ रास्वपाले नै समर्थन गर्ने चर्चा छ ।
टिप्पणीहरू