एमालेमा पसेर रुपन्देही-४ बाट लड्दै प्रमोद यादव
पूर्व सांसद प्रमोद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसबाट मनोनयनको अन्तिममा टिकटमा गडबडी भएपछि उनी र निर्वाचन क्षेत्र नं. ४ मा उमेदवार बन्ने गरी एमाले प्रवेश गरेका हुन् ।
एमालेबाट टिकट पाएर मनोनयन दर्ताको प्रकृया शुरु भएको जानकारी यादवले जनआस्थालाई दिए । २०७४ सालमा काँग्रेसबाट जितेका यादव २०७९ मा भने पराजित भएका थिए ।
यादवको एमाले प्रवेशलाई जिल्ला अध्यक्ष यज्ञ गैरेले पनि पुष्टि गरे । "लगभग टुंगिएको छ,उमेदवारी दर्तापछि सबै सार्वजनिक नै हुनेछ", गैरेले भने ।
यादव घरजग्गा कारोबार तथा होटल व्यवसायमा संलग्न छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा पनि मनोनयनको दुई दिन अगाडि बीरेन्द्रप्रसाद कनौडिया काँग्रेसबाट एमाले प्रवेश गरेर टिकट पाएका थिए ।
टिप्पणीहरू