मन्त्रीहरु उम्मेदवार, प्रधानमन्त्रीलाई भार

मन्त्रीहरु उम्मेदवार, प्रधानमन्त्रीलाई भार

चुनावमा उम्मेदवार बन्न तीनजना मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीमाथि अन्य मन्त्रालयको समेत कार्यभार थपिएको छ । आजदेखि रिक्त तीन मन्त्रालयको जिम्मेवारी उहाँलाई दिइएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको कार्यभार तोकिदिनुभएको छ । आगामी निर्वाचनमा उम्मेदवार हुन शिक्षामन्त्री महावीर पुनले आज र सञ्चारमन्त्री जगदीश खरेल र खेलकुलमन्त्री बब्लु गुप्ताले हिजो प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए । 

‘संविधानबमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरुको कार्यभारसमेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 

टिप्पणीहरू