बालेनपछि ओली जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका छन् । गएराति झापा पुगेका उनले केही बेरअघि जुलुसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । बालेनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल बसेका छन् ।
त्यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि मनोनयन दर्ताको लागि अपरान्ह ४ बजे निर्वाचन अधिकृतको कार्यालय पुग्ने तालिका छ ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष अध्यक्ष लिङ्देनबीच दुई निर्वाचन क्षेत्रमा अघोषित गठबन्धन भएको बताइन्छ ।
टिप्पणीहरू