रविलाई पर्सामा एक करोड
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ । न्यायाधीश रुद्र सुवेदीको इजलासले एक करोड रुपैयाँ धरौटी मागेको हो ।
सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा गत जेठ ३० गते रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । आज थुनछेक बहस भएकोमा उनलाई धरौटीमा छोड्ने आदेश भएको तहसिलदार देवराज भट्टराईले बताए ।
जनआस्थासँग भने,‘आज थुनछेक बहस थियो । बहसपछि एक करोड रुपैयाँ नगद वा बैंक जमानत लिएर तारिखमा राख्ने आदेश भएको छ ।’
जनआस्थासँग भने,‘आज थुनछेक बहस थियो । बहसपछि एक करोड रुपैयाँ नगद वा बैंक जमानत लिएर तारिखमा राख्ने आदेश भएको छ ।’
उनी रकम बुझाउने क्रममा रहेको भट्टराईले जानकारी दिए ।
टिप्पणीहरू