गृह मन्त्रालयमा भारतीय गाडी हस्तान्तरण
फाइल फाेटाे
भारत सरकारले आगामी निर्वाचनका लागि सहयोगस्वरुप सवारी साधनहरु उपलब्ध गराएको छ ।
काठमाडौं ल्याइएका ती सवारी साधन र निर्वाचन लक्षित सामाग्री सिंहदरबारस्थित गृह मन्त्रालय परिसरमा हस्तान्तरण प्रक्रिया शुरु भएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले मन्त्रालयका अधिकारीहरुलाई पाँच दर्जन बढी गाडीको साँचो र सामान बुझाउने क्रम जारी छ । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, दूतावासका कार्यवाहक राजदूत डा.राकेश पाण्डे, गृहसचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशकलगायतको उपस्थिति छ ।
भारतीय अधिकारीहरुले चुनावका लागि दिइने भनिएका ६५० थान गाडीमध्ये बाँकी केही हप्ताभित्र उपलब्ध गराउने जानकारी दिएका छन् ।
टिप्पणीहरू