बब्लुद्वारा झण्डावाल गाडी फिर्ता नगरी उम्मेदवारी दर्ता

बब्लुद्वारा झण्डावाल गाडी फिर्ता नगरी उम्मेदवारी दर्ता

निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता झण्डावाल गाडी फिर्ता नगरिकन उम्मेदवारी दर्ता गर्न पुगेका छन् । हिजो बिहान राजीनामा दिएका उनी सरकारी गाडीको चाबी नबुझाईकन मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् । 

उनले तत्कालीन सहकारीमन्त्री बलराम अधिकारीले चढ्ने बा १ झ ८७६१ नम्बरको झण्डावाल गाडी चढ्दै आएका थिए । राजीनामा दिएपछि सोही गाडी चढेर हिजो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभामा पुगेका थिए । 

जनआस्थासँग भने,‘झण्डावाल गाडी उहाँको घरमा छ । उम्मेदवारी दर्ता गर्न आउनुभएको थियो ।’

जिल्ला प्रहरी कार्यालय,सिरहाका सूचना अधिकारी रमेश पालले उनले झण्डावाल गाडी फिर्ता नदिएको पुष्टि गरे । सो गाडी उनको घरमा रहेको पालको भनाइ छ । जनआस्थासँग भने,‘झण्डावाल गाडी उहाँको घरमा छ । उम्मेदवारी दर्ता गर्न  आउनुभएको थियो ।’ 

गत कात्तिक ९ गते मन्त्री नियुक्त गुप्ताले हिजो बिहान प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएलगत्तै चुनावी सभाका लागि जनकपुर पुगेका उनले रास्वपाबाट सिरहा क्षेत्र नम्बर–१ मा उम्मेदवारी दर्ता गरेका छन् ।

टिप्पणीहरू