राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष हर्क साम्पाङले आज श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् ।
०७९ को निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सर्वाजनिक भएको थियो । लगत्तै उनी पार्टीबाट निष्कासित भएका हुन् ।
पोखरामा दिया फार्मेसी सञ्चालन गर्दै आएका श्रेष्ठ गत वर्ष भदौ २७ गते लागुऔषध बेचेको आरोपमा समेत पक्राउ परेका थिए । उनी दुई साता हिरासत बसेर धरौटीमा छुटेका हुन् ।