सबै श्रेणीहरू

बालेनकाे हातमा रालो मात्रै

बालेनकाे हातमा रालो मात्रै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन साहले ‘घण्टी’ बजाउँदा रालो झरेको छ । कञ्चनपुरको झलारीमा आयोजित कार्यक्रममा घण्टी बजाउँदा रालोसहित चुँडिएको डोरी बालेनको हातमा आइपुग्यो । घण्टीमा डोरी लगाइएको थियो र जोडले हल्लाउँदा एकैचोटि रालोसहित छुट्टिएको हो ।

उक्त दृश्यपछि नजिकै रहेका कञ्चनपुर–२ का उम्मेदवार दीपक बोहरालगायत सबै हाँसे । त्यसपछि दुईवटा नयाँ घण्टी ल्याइयो। तीमध्ये एउटा बालेनले र अर्को दीपक बोहराले बजाए । 

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै समर्थक र आलोचकबीच वाकयुद्ध सुरु भएको छ । कतिपयले यसलाई सामान्य र हाँस्यास्पद क्षणका रूपमा लिएका छन् भने केहीले अशुभको संकेत ।

सामाजिक सञ्जाल प्रयोगकर्ता मदन रोकायाले लेखेका छन्, ‘जसरी रालो चुँडियो, त्यसैगरी पतन निश्चित छ ।’