एमाले जनवर्गीय संगठनले आज आगो बाल्ने,अध्यक्ष ओलीले दिउँसो २ बजे बोल्ने

एमाले जनवर्गीय संगठनले आज आगो बाल्ने,अध्यक्ष ओलीले दिउँसो २ बजे बोल्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट जनवर्गीय संगठनहरुले आज राजधानीमा उग्र विरोध प्रदर्शन गर्ने भएका छन् । अनेरास्ववियुले मुलुकभरका शैक्षिक संस्थामा विरोध प्रदर्शनका साथै अध्यादेश जलाउने कार्यक्रम राखेको बताइएको छ । एमालेकै नेपाल खेलकुद महासंघले राजनीतिक अस्थिरता र कुशासनका बिरुध्द दिउँसो ३ बजे दशरथ रंगशाला,त्रिपुरेश्वरमा प्रदर्शन गर्ने जनाएको छ ।

उता,नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा भइरहेको धर्ना आज पनि बिहान ९ बजेदेखि जारी हुने छ ।

साउनको शुरुदेखि नेपाल टेलिकम,नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगममा भइरहेको कर्मचारी आन्दोलन आज पनि यथावत रहने छ ।

उता संसदमा विभिन्न समितिको बैठक बोलाइएको छ । जसमा दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक सवा १२ बजे सिंहदरबारमा राखिएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले माइतीघरमा आज पनि दिउँसो १ बजेदेखि धर्ना दिने जनाएको छ ।

उता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर जिल्लाका कार्यकर्ताहरूलाई विशेष सम्बोधन गर्ने भनिएको छ । कार्यक्रम इम्पेरियल ब्याङ्क्वेट, चुनदेवी,भक्तपुरमा दिउँसो २ बजे हुनेछ ।

टिप्पणीहरू