जनयुध्दका शहीद परिवारलाई राहत बाँड्न उपराष्ट्रपति मधेश झर्दै

जनयुध्दका शहीद परिवारलाई राहत बाँड्न उपराष्ट्रपति मधेश झर्दै

जनयुध्दका शहीद परिवारको सम्मान र राहत वितरण कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ हेलिकप्टर चढेर मधेसतर्फ लाग्नुभएको छ ।

भोलि सर्लाहीको बरहथवा नगरपालिका-२ हजरिया सामुदायिक भवनमा मधेशी शहीद प्रतिष्ठानले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो ।

उपराष्ट्रपति कार्यालयका अनुसार उहाँ साढे २ बजे निवासबाट निस्कनुभएको थियो । पुन भोलि साँझ ५ बजे मात्र काठमाडौँ फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू