एनआईसी एशिया बैंकले ऋणीहरुलाई जेष्ठ महिनामा समेत कर्जाको ब्याजमा १०% छुट दिने !
एन.आई.सी. एशिया बैंकले आफ्ना ऋणीहरुलाई दिदै आएको व्याजदरमा २% ब्याज सहुलियत दिने भएको छ । बैकले यस अधि आफ्ना ग्राहक महानुभावहरू समक्ष ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता र ब्याज रकम वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । बैंकले बैशाख महिनाको यो योजनालाई जेष्ठ महिनामा पनि निरन्तरता दिने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २% ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको जनाइएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा नियमित ब्याजको १०% ले हुन आउने छुट ग्राहक महानुभावहरुको खातामा जम्मा गरिसकेको बताइएको छ । वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता र ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेका ग्राहक महानुभावहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिने जनाइएको छ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बताइएको छ । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ ।
बैंकले प्रदान गर्ने १०% छुट बैंकको चैत्र महिनाको आधार दर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ ।
टिप्पणीहरू