माधव नेपालको घर नजिकै डल्फिन भेटियो
रौतहटको पिपरा घाटमा डल्फिन प्रजातिको माछा भेटिएको छ । बाग्मती नदीमा माछा मार्ने क्रममा स्थानीयले डल्फिन फेला पारेका हुन् ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहका अनुसार अन्दाजी १०-१२ किलोको अनौठो माछा भेटिएको हो । पिपरा बजारमा माछा बिक्री गर्न ल्याएका बेला भीड लागेको थाहा पाएपछि हेर्न जाँदा डल्फिन देखेको उनले बताए ।
हाल उक्त स्थानमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । आफू अवलोकनमा जाँदा अरू पनि डल्फिनका साना बच्चा देखेको अध्यक्ष सिंहको भनाइ छ । पालिकाले उक्त स्थानलाई सुरक्षित राखेर अध्ययन गरिरहेको जनाउँदै त्यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउने योजना रहेको सिंहले बताए ।
भारतको गंगा नदी हुँदै डल्फिन बाग्मतीसम्म आइपुगेको अनुमान गरिएको छ । रौतहट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृह जिल्ला हो ।
टिप्पणीहरू