चीनले नेपाली सिमाना मिचेको भन्दै सानो टोली सिंहदरवारमा

चीनले नेपाली सिमाना मिचेको भन्दै सानो टोली सिंहदरवारमा

प्रायः चीनले नेपालको सिमाना मिचेको आरोप लगाउँदै आएको राष्ट्रिय एकता अभियानले आज पनि सोही आरोप दोहोर्याएको छ । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै अभियानले पुरानो आरोप लगाएको हो ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको टोलीले दिउँसो मन्त्रालय पुगेर मन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएको थियो । अभियानले गोरखाको चुमनुब्री गाउँपालिका १ को रुइला नाकामा नेपाली भूमि मिचिएको उल्लेख गरेको छ ।

उसले गत वर्ष हुम्लामा पनि चीनले सीमा मिचेको आरोप लगाएको थियो । तर पछि उक्त क्षेत्रमा नेपाली भूमि नमिचिएको सरकारी टोलीले नै ठहर गरेपछि यादवको अभियानमा ब्रेक लागेको थियो ।

टिप्पणीहरू