नेपाल र माल्दिभ्स आज भारतमा भिड्दै

नेपाल र माल्दिभ्स आज भारतमा भिड्दै

साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा शुरु हुँदैछ ।

कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्न लागेको हो । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद् सुरुआत गर्ने योजनामा देखिन्छ ।

च्याम्पियनसिपअन्तर्गत नै आज हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्दै छन् । प्रतियोगितामा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

टिप्पणीहरू