मानिसको खाना आयात, कुकुर र बिरालोको खाना निर्यात

मानिसको खाना आयात, कुकुर र बिरालोको खाना निर्यात

नेपालले पछिल्लो एक वर्षमा तीन अर्ब रुपैयाँ बराबरको कुकुर र बिरालोको खाना निर्यात गरेको छ । गत आर्थिक वर्षमा नेपालले विश्वका २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना बेचेको हो ।

२०७८ साउनदेखि गत असार मसान्तसम्म नेपालले ती देशमा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोका खाना निर्यात गरेको भन्सार विभागले जनाएको छ । ती खाना ब्राजिल, कम्बोडिया, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, ग्रीस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतारलगायत देशमा निर्यान गरिएको हो ।

नेपालबाट सबैभन्दा ठूलो परिमाणमा कुकुर र बिरालोका खाना अमेरिकाले आयात गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको कुकुर र बिरालोका खाना आयात गरेको छ ।

तर, नेपालले सर्वसाधारणको निम्ति खर्बौं रुपैयाँको चामल, दाल, तरकारीलगायत धेरै किसिमका खानेकुराको आयात गर्दै आएको छ ।

टिप्पणीहरू