सुमेरु समूहले छान्यो नयाँ पुरानो नेतृत्व
ललितपुरको माटोमा उभिएको सुमेरु समूह (सहकारी,अस्पतालसहिय) ले पुराना र अनुभवी सहित नयाँ पदाधिकारीको टीम चयन गरेको छ । आज हिमालय होटलमा सम्पन्न साधारण सभाले अध्यक्षसहित सात जना बोर्ड सदस्य र एक जना प्रबन्ध निर्देशक छानेको बताइएको छ ।
जसमा भरत महर्जन अध्यक्ष चुनिएका छन् भने हेमराज दाहाललाई प्रबन्ध निर्देशक (एमडी) रोजिएको छ । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा विनोद आचार्य,सुनिल डंगोल,डिबी कार्की, दिलिप डंगोल,रमेश महर्जन र स्वच्छन्द मानन्धर छन् ।
टिप्पणीहरू