बहादुर भवनमा १२ दललाई निम्तो

बहादुर भवनमा १२ दललाई निम्तो

निर्वाचन आयोगले आगामी निर्वाचनमा सङ्घ र प्रदेशतर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक पार्टीका प्रतिनिधिलाई छलफलनिम्ति बोलाएको छ।

आज बिहान साढे ११ बजेको लागि तय गरिएको छलफलमा आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्नपर्ने भएकाले परामर्शका लागि बोलाएको हो।

आयोगले निर्वाचन आचारसंहितामा केही फेरबदल हुने भएकोले छलफल, र परामर्शको लागि सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूसँग सुझाव लिने छ ।

आउँदो मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएपछि आयोगले परिमार्जित आचारसंहिता तयार पार्न लागेको हो।

टिप्पणीहरू