क्रिकेट टोली टी-२० र एक दिवसीय क्रिकेट खेल्न आज केन्यातिर

क्रिकेट टोली टी-२० र एक दिवसीय क्रिकेट खेल्न आज केन्यातिर

नेपाली राष्ट्रिय क्रिकेट टोली टी-२० र एक दिवसीय क्रिकेट खेल्न आज केन्या प्रस्थान गर्दै छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टोली आज अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जानकारी दिएको हो ।

यसअघि नै सार्वजनिक खेल तालिकाअनुसार नेपालले केन्यासँग ५ खेलको टी-२० अन्तर्राष्ट्रिय र तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ । टी-२० सिरिज भदौ ९ देखि १४ गतेसम्म हुनेछ भने एक दिवसीय सिरिज भदौ १७ देखि २० गतेसम्म चल्नेछ।

दुवै सिरिजका खेलहरू नैरोबीस्थित जीमखाना मैदानमा हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रूपमा नेपाली टिमको जिम्मेवारी पनि सम्हाल्नेछन् । नेपाली टोली प्रस्थान गर्नुअघि क्यानले औपचारिक बिदाइ कार्यक्रम गर्दै छ।

नेपालले उक्त दुवै सिरिजका खेल खेल्नको लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

टिप्पणीहरू