जथाभावी गाडी कुदाउने दर्जनौं विद्यार्थी ट्राफिकको फेला
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका ८४ जना विद्यार्थी कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकजाँच अभियान अन्तर्गत आज थप ८४ जना विद्यार्थी कारबाहीमा परेका हुन् ।
जसमा सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने ३६ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३९ जना र रातो बत्ती उल्लङ्घन गर्ने पाँच जना रहेका छन् ।
त्यस्तै, अवस्था ठिक नभएका सवारी साधन चलाउने २ जना र हेल्मेट नलगाउने तथा अनावश्यक हर्न बजाउने एक-एक जना चालकहरू पनि ट्राफिकको कारवाहीमा परेका छन् ।
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङकै क्रममा ट्राफिकले अन्य ३०१ जना चालकलाई समेत चिट काटेको छ ।
टिप्पणीहरू