एक महिनामा सवा ११ अर्बको तेल खपत,जम्मै पैसा विदेश पुग्यो

एक महिनामा सवा ११ अर्बको तेल खपत,जम्मै पैसा विदेश पुग्यो

नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा तेल आयात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको कच्चा तेल नेपाल भित्रिएको हाे ।

साउन महिनामा मात्र कूल ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको पाँच करोड २८ लाख ६६ हजार २७५ लिटर कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये छ अर्ब १८ लाख ९९ हजार रुपैयाँका भटमासको तेल,चार अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल र एक अर्ब ५ करोड २० लाख ३ हजार रुपैयाँको कच्चा सननफ्लावर तेल नेपाल भित्रिएको हो ।

नेपालमा कच्चा तेल अर्जेन्टिना,ब्राजिल, इटाली,पाराग्वे, अमेरिका,भियतनाम, इन्डोनेसिया,फिलिपिन्स, भारत,मलेसिया र युक्रेनबाट आउने गरेको छ । साउनमा नेपालमा सबैभन्दा बढी कच्चा मटमास र सनफ्लावर तेल अर्जेन्टिनाबाट आएको छ । सो समयमा अर्जेन्टिनाबाट चार अर्ब १८ करोड ६४ लाख ९१ हजार रुपैयाँका भटमास र सनफ्लावर तेल नेपालले आयात गरेको विभागले जनाएकाे छ ।

साउनमै युक्रेनबाट ५० करोड १० लाख १८ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपालले भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट नेपालले १२ अर्ब २० करोड ६५ लाख ९० हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लवार तेल आयात गरेको थियो ।

टिप्पणीहरू