समानुपातिकका लागि छुट्टै दल दर्ता, १० गतेदेखि बहादुर भवन खुला

समानुपातिकका लागि छुट्टै दल दर्ता, १० गतेदेखि बहादुर भवन खुला

निर्वाचन आयोगले समानुपातिक निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आयोगले आज भनेको हो ।

आज जारी सूचनामा भदौ १० देखि १२ गतेसम्म समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्न सकिने उल्लेख छ । निवेदन दिँदा प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन निर्देशिका २०७९ को अनुसूची-२ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।

त्यस्तै, प्रदेशसभा सदस्यका लागि भने समानुपातिक निर्वाचन निर्देशिका २०७९ को अनुसूची-४ अनुसार राजनीतिक दलले आफ्नो दल दर्ता गर्नुपर्ने छ ।

यसअघि निर्वाचन प्रयोजनका लागि ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् ।

 

टिप्पणीहरू