आज मतदाता नामावली प्रकाशन, भोलि उजुरी

आज मतदाता नामावली प्रकाशन, भोलि उजुरी

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु भएको छ । आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्न लागिएको हो ।

निर्वाचन आयोगले नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरीका लागि दुई दिन छुट्याएको छ । भोलि र पर्सि मतदाता नामावलीउपर दाबी विरोध गर्न सकिने आयोगले जनाएको छ । यसैगरी नामावलीमा रहेको त्रुटि सच्याउन एवम् कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन पनि आयोगले भनेको छ ।

मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नामावलीबाट हटाउनका लागि १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले सूचनामा उल्लेख गरेको छ ।
नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि आसन्न निर्वाचनको लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने सूचनामा भनिएको छ ।

टिप्पणीहरू