बम पड्काएर ट्वीनटावर उडाउन सर्वोच्च अदालतको आदेश
भारतको राजधानी नयाँ दिल्लीसँगैको नोयडास्थित दुई वटा बहुचर्चित ट्वीनटावर भत्काउन लागिएको छ । आज दिउँसो यी टावर १२ सेकेन्डमा ध्वस्त हुने बताइएको छ ।
सुपरटेक बिल्डरले निर्माण गरेको एपेक्स र केएन नामबाट चिनिने टावर भत्काउन अदालतले आदेश दिएको हो । ती टावर तीन हजार सात सय किलो बिस्फोटक पदार्थ पड्काएर ध्वस्त पारिने बीबीसी हिन्दीले जनाएको छ । सो अवस्थामा धुलो उड्ने भएकाले भवन नजिक रहेका सर्वसाधारणलाई घर खाली गर्न भनिएको छ ।
नोएडा अथोरिटी र सुपरटेकले भवन आचारसंहिता गम्भीर उल्लंघन गरेको भन्दै भारतीय सर्वोच्च अदालतले नोएडा प्राधिकरणको मागबमोजिम भवन भत्काउन आदेश दिएको थियो । सोहीअनुसार आज दिउँसो स्थानीय समयअनुसार साढे २ बजे ती भवन भत्काईंदैछ ।
टिप्पणीहरू