डा.गोविन्द केसी फेरि अनसन बस्ने
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनले आगामी २७ गतेदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले विभिन्न ६ बुँदे मागसहित अनशन बस्न लागेको जानकारी दिए । तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरुमाथि नियन्त्रण गरिनु पर्ने लगायतका माग उनले अघि सारेका छन् ।
डा. केसी यसअघि पनि पटक-पटक अनशन बसेका थिए ।
टिप्पणीहरू