प्रचण्ड,उपसभामुख र डा. आरजु एकैसाथ पशुपतिमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपसभामुख पुष्पा भुसाल र प्रधानमन्त्री पत्नी डा. आरजु राणा हिजो अपरान्ह एकैसाथ पशुपतिनाथ मन्दिर परिसरमा देखापर्नुभएको छ ।
उहाँहरु तिलगंगास्थित आनन्द धर्मशालामा भारतीय जनता पार्टी र उसको मात्री सँस्था आरएसएसको पहलमा जारी नीति अनुसन्धान प्रतिष्ठान नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध,नेपाल र विश्व व्यवस्था विषयक तीन दिने सम्मेलनमा भाग लिन जानुभएको बताइन्छ ।
सम्मेलन समापन समारोहलाई अध्यक्ष प्रचण्ड,उपसभामुख भुसाल र प्रधानमन्त्री पत्नी डा. राणाले सम्बोधन गर्नुभयो । कार्यक्रममा भारतीय प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
टिप्पणीहरू