एमालेले हाउस चल्न नदिने भएपछि त्रिविको तालाबन्दी खुलाउन सभामुखको रुलिङ
त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दीलगायत विरोध कार्यक्रमको समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकको शुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा गुणगर्दी, अराजकता बढेको भन्दै सदनको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले त्रिविको समस्या समाधानका लागि रुलिङ नभएसम्म संसदको बैठक चल्न नदिने चेतावनी दिएपछि लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गर्नुभएको हो ।
टिप्पणीहरू