गोल्डमेडलिष्टलाई १६ लाख बुझाउनेको पोल खुल्यो,जसुदा पनि घुसकाण्डमा जोडिइन्
मधेस सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा करोडौँ रकम घोटाला काण्डबापत छानबिनमा परेका मुख्यमन्त्री लालबाबु राउतले अख्तियार र महालेखाले मागेको कागजपत्र दिन आनाकानी गरेको खुलेको छ ।
यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपालले अख्तियारको हिरासतमा रहे पनि बयान दिन अस्वीकार गरेका छन् ।
साउन १७ गते एकैदिन नक्सालको एक होटलबाट साढे ६ लाख रंगेहात र १६ लाख गाडीमा गरी साढे २२ लाख घुस रकमसहित समातिएका उनले आफ्नो बयानमा त्यस दिन नोटको गड्डीसहित बाहिर आएका फोटो आफ्नो नभएको दलिल पेश गर्दै नबोल्न पाउने कानुनी अधिकार प्रयोग गर्ने अड्डी कसेका हुन् । तर, उनी आफैँले स्रोत खुलाउन नसकेपछि उनलाई घुस खुवाउने दुई जनाले पैसा दिएको बयान अख्तियारलाई दिएको छ ।
उपसचिव नेपाललाई घुस खुवाउने दुवै जना स्वयं पनि यसअघिका नामुद घुस्याहा हुन् । लाउडा एयर काण्डमा मुछिएका हरिभक्त श्रेष्ठ र उनकी म्यानेजर जसुदा सैंजुले अख्तियारमा सशरीर उपस्थित भएर घुस खुवाएको नभनी नेपाललाई आधीआधी अर्थात् ८–८ लाख सापटी दिएको बयान दिएको बताइन्छ । गिरिजाप्रसाद कोइराला र उनकी छोरी सुजातासँग मिली लाउडा काण्डमा मुछिएका हरिभक्त त्यतिबेला नेपाल वायुसेवा निगममा एमडी थिए ।
अहिले उनी भवन भट्टको बीबी एअरवेजमा सिइओ छन् । बीबीको म्यानेजर रहेकी सैजु एच एण्ड बि विकास बैंकको सिइयो हुँदा सन् २०१४ मा बैङ्किङ कसूरमा समातिएकी थिइन् । ठूलो रकम घोटाला गरेर बैंकलाई पाताल पु¥याएको आरोप लागेकी उनलाई अहिले हरिभक्तले आफ्नो कम्पनीको म्यानेजर बनाएका छन् । उनीहरूले बीबी एअरवैजको लाइसेन्स नवीकरणबापत १६ लाख उपसचिव नेपाललाई घुस खुवाएका छन् ।
टिप्पणीहरू