लोसपा र जसपाबाट सिके राउततिर सरुवा

लोसपा र जसपाबाट सिके राउततिर सरुवा

तराई मधेशमा प्रभाव जमाउँदै आएका लोसपा र जसपाका नेता कार्यकर्ताले धमाधम पार्टी छाड्न थालेका छन् । पछिल्लो समय चुनावको मुखमा दलबदलको फेसन चलिरहेको छ । यसै क्रममा मधेशवादी दलका नेता तथा कार्यकर्ताले सिके राउतको पार्टी रोजेका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका नेता मनमोहन चौधरीलगायत जनमत पार्टीमा प्रवेश गरेका छन् ।

त्यसैगरी जसपा अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा पूर्वसांसद नरसिंह चौधरी,लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा जसपा नेता राजेन्द्र गुप्ता,कैलाश गुरुङ, मुरारी अग्रवालसहित सय जना बढी नेता,कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको बताइएको छ ।

टिप्पणीहरू