अमेरिकी वायु सेनाको विमान मध्यराती काठमाडौंमा

अमेरिकी वायु सेनाको विमान मध्यराती काठमाडौंमा

अमेरिकी वायुसेनाको विमान गए राति काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । युएस एअरफोर्सको आरएच १८५८ विमान हिजो राति पौने ११ बजे काठमाडौं आएको हो ।

भारतको राजधानी नयाँ दिल्लीबाट १७ जना चालक दलका सदस्य बोकेर आएको उक्त विमान चार्टर्ड उडान भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताए ।

टिप्पणीहरू