बाग्मती घोषणाका लागि उपेन्द्र यादव नयाँ बजारमा
डा. बाबुराम भट्टराईलाई पार्टीबाट निकालेर आक्रामक संगठन विस्तारमा लागेको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ ।
दिउँसो नयाँबजारस्थित नेपा: ब्याङ्केटमा आयोजना हुने भेलाले प्रदेश समिति घोषणा गर्ने जनाइएको छ । घोषणासभामा अध्यक्ष उपेन्द्र यादव,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका नेता राजेन्द्र श्रेष्ठ,प्रदेश इन्चार्ज कृष्णबहादुर गजुलगायत बागमती प्रदेशका नेता-कार्यकर्ताको उपस्थिति रहेको छ ।
जसपाले बाबुराम पक्ष बाहिरिएपछि पार्टी तथा भातृ संगठनहरुमा धमाधम रिक्त पदपूर्तिसमेत गरिरहेको छ ।
टिप्पणीहरू