निजामती कर्मचारीलाई वैदेशिक छात्रवृत्ति

निजामती कर्मचारीलाई वैदेशिक छात्रवृत्ति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुलाई वैदेशिक छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालय, मातहतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीसँग विदेशमा अध्ययन–तालिम छात्रवृत्तिका लागि निवेदन मागेको हो ।

चीन, जापान, भारत, कोरियाद्वारा प्रदान गरिने छात्रवृत्तिमा अध्ययन तथा तालिममा सहभागी हुन चाहने कर्मचारीले आवेदन दिन सक्ने बताइएको छ । योग्यता पुगेका कर्मचारीलाई छात्रवृत्तिमा प्रतिस्पर्धाका लागि मनोनयन हुन आफू कार्यरत कार्यालयको सिफारिस र अद्यावधिक व्यक्तिगत विवरण खुलाई निवेदन दिन सूचनामा भनिएको छ ।

चीन र जापानका लागि भोलि आवेदन दिनुपर्नेछ । कोरिया र भारतका लागि भदौ ३० गतेभित्र आवेदन माग गरिएको छ ।

टिप्पणीहरू