सभामुख शीतल निवास, चिनियाँ राजदूत खुमलटार

सभामुख शीतल निवास, चिनियाँ राजदूत खुमलटार

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटावीच शिष्टाचार भेटवार्ता भएको छ। आज बिहान झण्डै दुई घण्टा उहाँहरूवीच कुराकानी भएको हो।

चिनियाँ सँसद एनपिसीका अध्यक्षको नेपाल आउने तयारी र राष्ट्रिय सभामा छलफलको लागि पेश भएको नागरिकता विधेयकबारे छलफल केन्द्रित रहेको बताइएको छ ।

राष्ट्रपति र सभामुखवीच शीतल निवासमा भेटवार्ता भइरहेको बेला नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । खुमलटारस्थित प्रचण्ड निवासमा बिहान १० बजे पछि झण्डै ११ बजेसम्म कुराकानी भएको थियो ।

टिप्पणीहरू