आज २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७५ जना संक्रमित निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ । आज काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा २९ जना संक्रमित थपिएका छन् ।
टिप्पणीहरू