सुदूरपश्चिममा माओवादी दोस्रोबाट पहिलोमा उक्लिँदै,दुई जना सभासद भित्र्याएर पनि एमाले चौथै

सुदूरपश्चिममा माओवादी दोस्रोबाट पहिलोमा उक्लिँदै,दुई जना सभासद भित्र्याएर पनि एमाले चौथै

प्रदेशसभाको कार्यकाल सकिन लाग्दा सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र ठूलो दल बन्ने भएको छ । हाल प्रदेशसभाको सबैभन्दा ठूलो दल एकीकृत समाजवादीका दुई माननीय (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै माओवादी पहिलो दल बनेको हो ।

१४ सांसदसहित पहिलो पार्टी बनेको समाजवादीका दुई जना निलम्बनमा परेपछि ऊसँग १२ जनामात्रै हुने छन् । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना (झपट बोहरा) एमालेमा गएसँगै ऊसँग १३ जना छन् ।

२४ सांसदसहित ठूलो दल बनेको एमाले विभाजनपछि १४ जनाले समाजवादी रोजेका थिए । तर प्रदेशसभाको कार्यकाल सकिनै लाग्दा तारा लामा तामाङ र कुलवीर चौधरी एमालेमै फर्केपछि समाजवादी दोस्राे ठूलाे दल बनेको छ । ११ सांसद रहेको नेपाली कांग्रेस तेस्राे र १० सांसदसहित एमाले चौथो दल बनेका छन् । एक-एकजना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।

५३ सदस्यीय प्रदेशसभामा थप दुईजना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल र माओवादीबाट अछामका झपट बोहरा यसअघि नै निलम्बित छन् ।

एमालेमा गएका तामाङ र चौधरीलाई समाजवादीको संसदीय दलले कारवाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्ने हुन्छ । संसदीय दलले कारबाहीका लागि पठाएको पत्रका आधारमा सभामुखले सूचना टाँसेर वा प्रदेश सभामा जानकारी गराएर संसद् नरहेको जानकारी गराउनुपर्ने व्यवस्था छ ।

टिप्पणीहरू