जति होस् न नोट, खर्बपति विनोद चौधरीको व्यवसाय र मुद्दामा खोटै खोट

जति होस् न नोट, खर्बपति विनोद चौधरीको व्यवसाय र मुद्दामा खोटै खोट

डलर अर्बपति विनोद चौधरीले जनआस्था प्रकाशनविरुध्द मुद्दा दायर गरेका छन् । उनले आफ्ना वारेसमार्फत् अस्ति सोमवार ललितपुर जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् । विनोदको वारेस कस्तुभ शाही र चौधरी ग्रुपको तर्फबाट रामहरि सापकोटाले फिरादको मस्यौदा गरेका छन् । जनआस्था प्रकाशन प्रा.लि.विरुध्द दायर गरिएको फिरादपत्रमा जनआस्थाका सम्पादक र मार्केटिङ डिरेक्टर भन्दै क्रमशः मोहम्मद अज्माद अली र लोचन खतिवडाको मोबाइल नम्बरसमेत उल्लेख गरी विपक्षी बनाइएको छ ।

तर,जनआस्था प्रकाशनको साप्ताहिक प्रकाशन र डट कममा ती नाम गरेका कुनै पनि सम्पादक र मार्केटिङ हेर्ने व्यक्ति नरहेकाले डलर अर्बपतिको मुद्दा दर्ता नहुँदै म्यादै तामेली नभएर भुस हुने अवस्थामा पुगेको छ । अली र खतिवडा थर गरेका व्यक्ति जनआस्थाको २८ वर्षे इतिहासमा अहिलेसम्म कुनै पनि हिसाबले जोडिएका छैनन् ।

जनआस्था कार्यालयबाट मुश्किलले ५ सय मीटर टाढा रहेको सानेपास्थित चौधरी ग्रुपको कार्यालयले तयार पारेको उक्त फिरादपत्रमा विपक्षी वा निशानामै गम्भीर त्रुटी भएपछि उनले अहिलेसम्म गर्दै आएको व्यवसाय र व्यापारको अवस्था पनि सजिलै अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् । जनआस्थाले हालसम्म प्रकाशित गरेका उनी र उनको कम्पनीविरुध्दका प्रत्येक समाचारमा तथ्य,तथ्याङ्क र प्रमाण उल्लेख गरिएका छन् ।

डलर अर्बपतिको हैसियतमा विश्वभर प्रख्यात चौधरी र उनको ग्रुपले मुलुकलाई बुझाउने कर किन अरुको भन्दा कम हुन्छ ? उनको कमाई र करको अनुपात कसले निकाल्ने ? चौधरी स्वयम र ग्रुपले लगानी गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति किन सँधै नबिल बैंकको मुनाफा प्रयोग गरिन्छ ?

तर,चौधरीले सबै समाचारलाई होलसेलमा झुठा र भ्रमपूर्ण भएको जिकीर गर्दै गालीबेइज्जतीको आरोप लगाएका हुन् । नबिल बैंकस्थित बंगलादेशी एनबी इन्टरनेशनलको अपारदर्शी लगानीबाट नेपाल राष्ट्र बैंकले ढाका लैजान लाभांशमा लगाएको रोकवारे सबैभन्दा बढी उनै जानकार छन् । जनआस्थाले गत वर्ष नेपाली नागरिकको हैसियतमा लगानीकर्ताले विदेशी मुद्राको लाभांश ग्रहण गर्न नपाउने समाचार प्रकाशित गरेपछि नेपाल राष्ट्र बैंकसमक्ष उनै चौधरीले ९६ हजार अमेरिकी डलर फर्काएको सत्य हो कि झूठो हो ? उनका प्रवक्ता तथा पत्रकार मधुसुदन पौडेलले प्रष्ट पार्न बाँकी नै छ ।

एक रात नयाँ दिल्ली र दिउँसो दुबईमा बसेर अर्को रात काठमाडौंमा बिताउने उनका माइला र कान्छा छोरालाई गैर आवासीय नेपालीको हैसियत के आधारमा दिइयो र विदेशी मुद्रा ओसार्ने सुविधा उपलब्ध भयो ? डलर अर्बपतिको हैसियतमा विश्वभर प्रख्यात चौधरी र उनको ग्रुपले मुलुकलाई बुझाउने कर किन अरुको भन्दा कम हुन्छ ! उनको कमाई र करको अनुपात कसले निकाल्ने ? चौधरी स्वयम र ग्रुपले लगानी गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति किन सँधै नबिल बैंकको मात्रै मुनाफा प्रयोग गरिन्छ ? पूर्वी नवलपुरस्थित ८६ बिघामा १४ वटा उद्योग भएको सिजी ग्रामबाट बुझाइने कम राजश्वमा के कैफियत छ ! कर निर्धारण गर्ने निकायहरुले उच्च र सर्वोच्चमा हालेका अनेकौं मुध्दाहरुको अवस्था हेर्दा छर्लङ्ग भैहाल्छ ।

गत चैतमा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फाल्ने भित्री योजना कसले बुनेको थियो ? अधिकारीलाई निलम्बन गरेपछि गभर्नरमा बंगालीहरुसँग निकट भनिएका बैंकरलाई कसरी लान खोजियो र तिनै पात्रको अहिले कहाँ ब्यवस्थापन गरिएको छ ? यीलगायत धेरै प्रकरणको क्रमशः खुलासा हुन बाँकी नै छ । जनआस्थाले आगामी दिनमा यी विषयवारे विस्तृत विवरण सार्वजनिक गर्नेछ ।

गत चैतमा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फाल्ने भित्री योजना कसले बुनेको थियो ? अधिकारीलाई निलम्बन गरेपछि सबै बैंक र बित्तीय सँस्थाको नियमन गर्ने उच्च निकाय रास्ट्र बैंकको १ नम्बर नेतृत्वमै बंगालीहरुसँग निकट भनिएका बैंकरलाई कसरी सारियो र तिनै पात्रलाई अहिले कहाँ ब्यवस्थापन गरिएको छ ? यीलगायत धेरै प्रकरणको क्रमशः खुलासा हुन बाँकी नै छ । जनआस्थाले आगामी दिनमा यी विषयवारे विस्तृत विवरण सार्वजनिक गर्नेछ ।

फिरादपत्रमा उनले दुई वर्षअघि प्रेस काउन्सिल नेपालमा जनआस्थाविरुध्द उजुर हालिएको र सोमाथि हालसम्म सुनुवाई नभएको रोइलो गरेका छन् । धनको आडमा हालिएको उजुरीले सबै ठाउँमा काम नगर्ने तथ्य बिर्सेका उनले जनआस्थाबाट ७ घण्टाभित्रै जवाफ गएपछि आजका मितिसम्म सोजवाफउपर प्रत्युत्तर नफर्काएर मुखमा दही जमाई बसेको काउन्सिलको अभिलेखबाटै देखिन्छ । त्यतिबेला काउन्सिललाई लेखिएको पत्रमा भनिएको थियो,‘चौधरी समूहले मच्चाउँदै आएको लुटको स्वर्गसम्बन्धी समाचार बाहिर जनआस्थाबाट सार्वजनिक नभएको भए काउन्सिलमा उजुर हालेकै समय उसले विदेशबाट एक लाख डलर कसरी स्वदेश फिर्ता ल्यायो ?’

टिप्पणीहरू