गुरुङ्ग समाजको कार्यालयमा विप्लवहरुको गोप्य बैठक
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा काठमाडौँ जिल्ला कमिटीको गोप्य बैठक बसेको छ । हिजो नयाँ बसपार्कस्थित गुरूङ समाजको तमु छो धि परिषद् हलमा झण्डै चार घण्टा बैठक चलेको हो ।
दिउँसो सवा १२ देखि अपराह्न चार बजेसम्म बसेको बैठकमा जिल्ला अध्यक्ष रमेश मल्ल ‘प्रताप’, केन्द्रीय सदस्य माईला लामालगायत करिब तीन दर्जन नेता सहभागी थिए ।
आसन्न संघ तथा प्रदेशको निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको विप्लव समूह देशव्यापी तयारीमा जुटेको छ । राजनीतिक र रणनीति हिसाबले महत्वपूर्ण मानिएको काठमाडौँमा उनीहरुको सक्रियता बढ्नुलाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू