यस्तो छ आजको प्रतिनिधि सभा बैठकको कार्यसूची

यस्तो छ आजको प्रतिनिधि सभा बैठकको कार्यसूची

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

टिप्पणीहरू