बंगलादेशी प्रधानमन्त्री भारत जाने

बंगलादेशी प्रधानमन्त्री भारत जाने

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सेप्टेम्बर ५ देखि ८ तारिखसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी छन् । उनी पछिल्लो १० महिनामा दोस्रो पटक भारत जान लागेकी हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बंगलादेशी प्रधानमन्त्री हसिनाले भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेटघाट गर्ने कार्यक्रम रहेकोे बताए । यसका साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय परामर्श गर्नेछिन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शेख हसिनासँग भेट गर्ने बताइएको छ । हसिना अजमेर सरिफ जाने सम्भावना छ ।

उनले गत अक्टोबरमा भारत भ्रमण गरेकी थिइन् ।

टिप्पणीहरू